महेश सिंह // पौष १३ गते,सिरहा
सिरहाको लहान नगरपालिका वडा नम्बर २ मिलन चौक स्थित माँ भवानी टुल्स एन्ड ट्राभल्स संचालन गर्दै आएका मोहोतरी जिल्लाको वडा नम्बर १ मोहोतरी गाबिस पिपरा बस्ने राम आशिष महतो को छोरा बर्ष ४५ को लालबाबू महतोले वैदेशिक रोजगारमा पठाई दिन्छु भन्दै करिब ४ सय जना संग ४ करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका छन्।
ठगी गर्ने ब्यक्ती धामी झाखरीको काम गरेर निकै चर्चा बटुले थिए ।उनले धर्मको नाउँमा गरीब दलित निमुखा जनतालाई ठगी गरी कार्यालयमा तलचा लगाएर ५ दिन देखि फरार भएका छन्।लहान नगरपालिका वडा नम्बर २१ बस्ने राजेन्द्र प्रसाद यादवको घरमा मासिक १० हजार र प्रत्येक बर्ष भाडामा एक हजार थप हुने गरी घर भाडाको ५ बर्षको एगृमेनटे गरी कार्यालय संचालन गर्दै आएका थिए।
ठगी गर्ने ब्यक्ती उक्त स्थानमा धेरै मुर्तिहरुको स्थापना गरेर मोही लगाउदै झाखरीको काम गर्दै आएका हुन्।धामीको काम गरे र समाजलाई बिश्वास जितदै प्रफुलीत गरेका छन्।आचर्ज लाग्दो कुरा केहो भने एउटै ब्यक्ती मुर्तिको पुजा र सोही स्थानमा मुस्लिम धर्मावलम्बीहरुले मानिने धर्मको पुजा गर्दै गर्ने गरेका छन्।
धर्मको नाउँमा महतोलाई स्थानीयहरुले सहयोग गर्दै आएका थिए।स्थानीय सरकारको कार्यालय अर्थात लहान नगरपालिका वडा नम्बर २ का वडा कार्यालयको टसेकै भवनमा वैदेशिक रोजगारको नाउँमा करोडौं ठगी धनधाहा भएको छ।उक्त कार्यालयबाट वैदेशिक रोजगारमा गएका सयौं ब्यक्तीहरु खाडी मुलुकमा अलपत्र परेका छन्।
उनले करिब १५ जनालाई ३,लाख,५ लाख,६ लाख,९ नौ लाख सम्मका वंश चेक समेत दिएका छन्।
ठगीमा परेका ब्यक्तीहरुको दिन्हु उक्त कार्यालय अगाडि मेला लाग्ने गरेका छन्।वैदेशिक रोजगारमा जाने ब्यक्तीहरुले ऋण साप्ट लिएर लालबाबु महतोलाई पैसा दिएका छन्। उक्त पीडित ब्यक्तीहरुको अहिले बिचल्ली भएका छन्। ठगीमा परेका ब्यक्तीहरुले दिन्हु कार्यालयमा धाउने गरेका छ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।