rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहटमा भारतीय गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु, चार घाइते

सिताराम साह // पौष १३ गते, रौतहट

रौतहटमा भारतीय गाडी दुर्घटना : ५ जनाको मृत्यु, ४ घाइते

रौतहटमा भारतीय नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्।

गौर नगरपालिकाबाट गरुडा जाँदै गरेको डि आर ०५ पि ए ६९५३ नम्बरको स्कारपियो गरुडा नगरपालिका–१ स्थित जयनगर सडक खण्डमा दुर्घटना भएको हो।

 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लका अनुसार घटना बेलुकी करिब सवा चार बजेको हो। दुर्घटनाग्रस्त जिप अनियन्त्रित भई सडकबाट झण्डै २० फिट तल खसेको प्रहरीले जनाएको छ।

 

दुर्घटनामा गम्भीर घाइते ९ जनामध्ये पाँच जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र चार जनाको उपचार भइरहेको मल्लले जानकारी दिए।

 

दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबैको अहिलेसम्म सनाखत हुन सकेको छैन। मृतक र घाइते सबै भारतीय पुरुष नागरिक रहेको मल्लले बताए।