rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

राष्ट्रिय सभागृहमा दुई पार्टी बिच एकता

चन्दन पटेल // पौष १३ गते,

 राष्ट्रिय सभागृहमा आयोजित एक समारोहका बीच नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको हो।

 

नेकपा एमालेबाट अलग्गिएर नेकपा एकीकृत समाजवादी पार्टी गठन भएको थियो। त्यस्तै, तत्कालीन नेकपा माओवादीबाट अलग्गिएर नेकपा जनवादी गठन भएको थियो।

 

एकता समारोहमा दुवै पार्टीका शीर्ष तहका नेताहरु सहभागी थिए। पार्टी एकता कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका अध्यक्ष देवेन्द्र सिंह महता सहितका नेताहरुलाई अबिर लगाएर स्वागत गरेका थिए।