सिताराम साह // पौष ०९ गते, रौतहट
नेपाली कांग्रेसको प्रदेश २ नेतृत्व चयनका लागि भएको चुनावमा केन्द्रीय सभापतिमा कृष्ण यादव प्रदेश सभापति पदमा विजयी हुनुभएको छ ।
आज बिहान सम्पन्न मतगणनामा प्रतिस्पर्धी रामसरोज यादवलाई १४१ भोटले उछिन्दै कृष्ण यादव नेपाली कांग्रेसको प्रदेश २ सभापति निर्वाचित हुनुभएको हो ।
निर्वाचन समितिका अनुसार गएराति सकिएको मतदानमा कूल १८८१ मत खसेको थियो । तीमध्ये ३० मत बदर भए भने विजयी कृष्ण यादवले ९ सय ९६ मत प्राप्त गर्नुभयो । पराजित रामसरोजले ८ सय ५५ मत ल्याउनुभएको छ ।


More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।