रौतहट मिडिया न्यूज डेस्क // पौष ०८ गते, रौतहट
प्रतिबन्धित लागु औषध गाँजा सहित मानिस पक्राउ परेको छ। मिति २०७८।०८।२९ गते अं.२३:३० बजेको समयमा प्र.ना.नि.सुरेन्द्र कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी मोवाईल गस्ती टोलीले जिल्ला रौतहट गरुडा न.पा.वडा नं.४ मेथुरचोक स्थित सडक खण्डमा आवत जावत गर्ने बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा चन्द्रपुरबाट गौरतर्फ जानको लागी आएको ना.१ ह.५७५५ नं.को टेम्पु रोकी चेकजाँच गर्दा उक्त टेम्पुको बिचको सिटमा बसी आएका जिल्ला चितवन कालिका न.पा. वडा नं.११ शक्तिखोर बस्ने प्रेम बहादुर चेपाङको श्रीमती अं.बर्ष ३० की अस्मिता प्रर्जा, ऐ.ऐ.बस्ने दिल कुमार प्रजाको श्रीमती अं.बर्ष २६ की रेशमा प्रजा र ऐ.ऐ.बस्ने अविनाश चेपाङको श्रीमती अं.बर्ष ३४ की मनमती चेपाङ समेतले आफ्नो खुट्टा अगाडी झोला थान २ भित्र प्लाष्टिकमा डोरीले बाधी लुकाई छिपाई राखेको २ वटा ठुलो पोकामा लागु औषध गाँजा १० (दश) किलो फेला परेको हुँदा उक्त गाँजा रितपुर्वक बरामद गरी निजहरुलाई पक्राउ गरी सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।