rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

स्रोत नखुलेको नेपाली रकम सहित मानिस पक्राउ

सिताराम साह //पौष ०८ गते

स्रोत नखुलेको नेपाली रकम सहित मानिस पक्राउ परेको छ। मिति २०७८।०९।०७ गते अ.१५:३० बजेको समयमा जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं.०२ त्रिनगर भन्सार स्थित भारत गौरिफन्टा हुदै धनगढी तर्फ आई रहेको भारत उत्तरप्रदेश लखिमपुर खिरी बस्ने निरज राजपुतले लगाएको ज्याकेटको भित्र लुकाई छिपाई गरी ल्याउदै गरेको नेपाली रु.१८,२७,०००।– (अठार लाख सत्ताईस हजार) फेला पारी बरामद गरी निज निरज कुमार राजपुतसंग नेपाल राष्ट्र बैंकले तोकेको भन्दा बढी रकम भएको र सो रकमको सही रुपमा कुनै किसिमको उदघोषण नगरी भारतबाट नेपाल ल्याएको देखिएको हुँदा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ्ग) निवारण ऐन २०६४ को दफा २९ (क) को कसुरमा दफा २९ ख. को उपदफा २ बमोजिम बिगो जफत गरी बिगो बराबर जरीवाना हुने कारवाहीका लागी बरामदी नगदका साथ आवश्यक कारवाहीका लागी निज निरज कुमार राजपुतलाई कैलाली भन्सार कार्यालय पठाएको ।