rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहटमा आगलागीबाट एक बालिकाको मृत्यु

सिताराम साह // पौष ०७ गते, रौतहट

रौतहट जिल्लाको फतुवा बिजयपूर नपा वाड न. १ अवस्थित बैरगनिया टोल स्थित एक घरमा मंगलबार आग्जनि भएको छ |

 

मंगलबार करीब २:३० बजे को समयमा स्थानीय सरफलाल यादव को घर मा आग्जनि भएको छ | सो आग्जनीमा परी स्थानीय जोखु राय यादव को अन्दाजीय ५ बर्षीय छोरी आराध्य यादव को मृत्यु भएको छ भने स्थानीय सीताराम साहको पोता र प्रदीप साह को अन्दाजीय ४ बर्षीय छोरा आगोमा जलेर घाइते भएका छन् |

 

सो बाल बालिकाहरुले घर को दक्षिण साइडमा स्थानीय राम बिश्वासको खेतबाट काटेर खल्हिानीमा राखीएको धान को भारी (बोझा) निर बसेर लाइटर को सहायता ले धान को बाला मा आगो लगाएर लावा फोडेर खाँदै गर्दा आगो सल्गेर पहिला काटन राखेको धानको भारी मा आगो लाग्दै घर नजिकै राखेको धान को पराल मा आगो लागि घरमा आगजनी भएको त्यंहाका स्थानीयहरुले बताएका छन |

 

आगजनी देखेर स्थानियले नजिकै रहेको ईलका प्रहरी कार्यलय लाई खबर गरेका थिए | प्रहरी र स्थानिय संग आगो नियन्त्रणमा नहुँदा बारा जिल्ला कोल्ह्वी नगरपालिका बाट आएका बरुद्धनियन्त्रण दमकलको सहायताले आगजनी नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिजयपूर का प्रहरी निरीक्षक विष्णु विकले जानकारी दिएका छन् |

आगजनी हुदाँ कम्तिमा २ लाख९५ हजार भन्दा बढीको क्षति भएको छ | मृत बलिकाको शरीर लाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर पठाईएको र घाइते बालक लाई उपचार को लागि नेशनल हस्पिटल बीरगंज पठाईएको प्रहरी निरीक्षक विक ले बताएका छन् | सो घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक विकले बताए ।