rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहटको कटहरियामा १५ बेडको अधारभुत अस्पताल भवन मेयर कुश्वाहाले गरे शिलान्यास

सिताराम साह // पौष १ गते रौतहट

रौतहटको कटहरियामा अधारभुत अस्पताल भवनको शिलान्यास गरिएको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम कुश्वाहले आज एक कार्यक्रमका बिच अधारभुत अस्पताल भवनको शिलान्यास गरिएको हो ।

नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र कटहरिया नगरपालिकाले आर्थिक सहयोगमा कुल ११ करोडको लागतमा सो भवनको शिलान्यास गरिएको छ ।

वडा नं. ५ मा रहेको स्वास्थ्य चौकी कार्यलयको पछाडी पटी रहेको खाली जग्गामा प्रमुख अथिती समेत रहेका नगर प्रमुख कुश्वाहाले शिलान्यास गर्नु भयो ।

दुई बर्षमा निर्माण कार्य संम्पन हुने गरी माहालक्ष्मी ÷धन्नजय ÷चौधरी जेभी गौर ७ ले उक्त ठेक्का सकार गरेका छन ।

शिलान्यास कार्यक्रममा बिशिष्ट अथिती प्रमुख प्रशासकिय अधिकृत राम प्रकाश साह, अथितीहरुमा कटहरिया नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजकुमार साह, वडा नं. ७ का हरिभजन साह, ८ का नवद राय यादव,

कार्यपालिका सदस्य रामप्रबेश साह सोनार, एमालेका नेता योगेन्द्र साह, बिनोध जयसवाल उप मेयरका श्रीमान समाजसेवी नसरुदीन अंसारी,

नगरपालिकाका कर्मचारी उमेश दास , स्वास्थ्य चौकी कटहरियाकाका प्रमुख शन्तोष यादव, पत्रकार स्थानिय भद्धभलादमी बुद्धीजीवी लगाएत उपस्थितीमा शिलान्यास कार्यक्रम संम्पन भएको हो ।