रौतहट मिडिया न्यूज डेस्क // मंसिर २१ गते
चोरीको मोटरसाईकल सहित एक जना मानिस पक्राउ परेका छ ।जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिज वीरगञ्ज पर्साको नाममा दर्ता रही कामदार जिल्ला बारा फेटा गाउँपालिका वडा नं.१ गुड्डु कुमार गिरीलाई कामको सिलसिलामा आवत जावत गर्नको लागी दिएको चेसिस नं.MBLHA10EZA9J06748 ईन्जिन नं.HA10EFA9J03770 भएको ना.१६ प ६८२५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाईकल मिति २०७८।०८।१४ गते १५;०० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१८ अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएकोमा अनुसन्धान तथा खोजतलासको क्रममा मिति २०७८।०८।२० गते १६;३० बजे जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मणवा चोकबाट यस कार्यालयबाट खटिएको टोलीले उल्लेखित मोटरसाइकल नम्बर प्लेट हटाई चलाइरहेको अवस्थामा फेला पारी बरामद गरी चोरीमा संलग्न मध्येका जिल्ला पर्सा वीरगञ्ज म.न.पा.वडा नं.१८ बस्ने वर्ष १८ को सोनालाल यादवलाई मो.सा.सहित नियन्त्रणमा लिई चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको व्यहोरा सूचित गरिन्छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।