रौतहट मिडिया न्यूज डेस्क // मंसिर २० गते
जबरजस्ती करणी मुद्दाका फरार १ जना व्यक्ति १६ बर्ष पछि पक्राउ परेका छ । आज मिति २०७८।०८।२० गते यस कार्यालय मातहत ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०६२।०५।१८ को वारदात मिति देखि भागी फरार रहेको जिल्ला कैलाली साविक बलिया गा.वि.स. वडा न. ०९ हाल लम्कीचुहा नगरपालिका वडा न. ३ चिसापानी बस्ने बर्ष ४८ को गोविन्द खड्का लाई सम्मानित सर्वोच्च अदालतबाट मिति २०७६।०४।१६ गतेको फैसलाले ८ वर्ष कैद र रु. ५०,०००।– पिडित पक्षलाई क्षतिपुर्ति भराउने सजाय तोकी फरार भएको जबरजस्ती करणी मुद्धाको फरार प्रतिवादी पक्राउ गरेको छ ।
जिल्ला कैलाली लम्की चुहा नगरपालिका वडा नं ३ स्थित लुकी छीपी बसि रहेको अवस्थामा निजकै घरमा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो ।
पक्राउ पश्चात प्रहरीले निज प्रतिवादी खड्कालाई आजै सम्मानित बर्दिया जिल्ला अदालतमा पेश गरेको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।