दिपेश कुमार साह // मंसिर १९ गते,रौतहट
रौतहटको गुजारा नगरपालिका को नगर स्तरीय अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस ,रौतहट लगायत नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँएको छ । सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।नेपालमा भने १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि पनि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । पारम्परिक चलन अनुसार अहिले पनि बाढी–पहिरो, भूकम्प, रोगको महामारी, आगलागी जस्ता प्राकृतिक तथा मानवीय विपत्तिमा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ ।हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । अहिले विश्वभर एक करोड ९ लाखभन्दा बढी स्वयंसेवक भएको अनुमान छ । यसमा पनि ६० प्रतिशत महिला स्वयंसेवक रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका रूपमा मनाउने गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड नै मानिन्छ । नेपालमा बालबालिका तथा मातृ मृत्यदर घट्नुमा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ ।अहिले ५१ हजारभन्दा धेरै महिला स्वास्थ्य स्वयंसेविका छन् ।गुजारा नगरपालिकाको कर्मचारीले बताए।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।