Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहटमा नगर स्तरीय अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउँदै

दिपेश कुमार साह // मंसिर १९ गते,रौतहट

रौतहटको गुजारा नगरपालिका को नगर स्तरीय अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस ,रौतहट लगायत नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँएको छ । सन् १९८५ मा संयुक्त राष्ट्रसङ्घको महासभाले ५ डिसेम्बरलाई अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।नेपालमा भने १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि पनि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । पारम्परिक चलन अनुसार अहिले पनि बाढी–पहिरो, भूकम्प, रोगको महामारी, आगलागी जस्ता प्राकृतिक तथा मानवीय विपत्तिमा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ ।हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसङ्घको आह्वानमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । अहिले विश्वभर एक करोड ९ लाखभन्दा बढी स्वयंसेवक भएको अनुमान छ । यसमा पनि ६० प्रतिशत महिला स्वयंसेवक रहेको विभिन्न तथ्याङ्कले देखाएका छन् ।अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको दिनलाई नै नेपालमा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसका रूपमा मनाउने गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड नै मानिन्छ । नेपालमा बालबालिका तथा मातृ मृत्यदर घट्नुमा महिला स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको युनिसेफले उल्लेख गरेको छ ।अहिले ५१ हजारभन्दा धेरै महिला स्वास्थ्य स्वयंसेविका छन् ।गुजारा नगरपालिकाको कर्मचारीले बताए।

You may have missed