सुनिल कुमार रजक // मंसिर १९ गते, रौतहट
रौतहटको गरुडा–कटहरिया–कलैया सडकखण्ड अन्तर्गत कालोपत्रे प्रक्रिया द्रुतगतिमा हुँदैछ । नेता प्रभु साह मात्र केही महिनाको लागि सहरी विकास मन्त्री हुँदा कटहरिया कलैया सडकखण्डमा कालोपत्रे निर्माणको लागि २० करोड रुपैया स्वीकृत गरेका थिए ।
डिभिजन सडक कार्यालय द्वारा ६ किलोमिटर कालोपत्रे निर्माणको लागि आव्हान गरेको टेण्डर आश्रय निर्माण सेवाले साढे ९ करोडमा साकार गरेको छ। कटहरिया घाट लालबकैया पुलको पश्चिम बाँधछेउ बाट बाटो निर्माण सुरु गरिएको निर्माण सेवाका निर्देशक रामाश्रय साहले बताएका छन् । कुल साढे ९ करोडको लागतमा ७ मिटर चौडाइ भएको ६ किलोमिटर अक्सफाल्ट प्रविधिको कालोपत्रेका साथै ११ वटा कल्भर्ट र १ स्थानमा ४६ फिट लामो आरसिसी कल्भर्ट निर्माण हुने योजना रहेको छ ।
सो मध्ये ५ वटा कल्भर्ट निर्माण पुरा भैसकेको छ । पहिलो चरणमा माटो पुर्ने काम भैसकेको छ । लगत्तै ग्राभेल बेस राखेर ५ सेन्टिमिटर अक्सफाल्ट प्रविधिको पिच निर्माणको काम सुरु गरिने निर्देशक साहले बताए। कालोपत्रे निर्माण कार्य यसै आर्थिक वर्षमा पूरा गर्ने मूल ठेकदार साहले जानकारी दिए ।
सोही टेण्डरमा बचेको रकम बाट डिभिजन सडक मार्फत झांझपुल देखि दुधियाभार सम्म २ किलोमिटर ७ मिटर चौडाइ भएको कालोपत्रे बाटो निर्माण कार्य सुरु भएको छ । भ्याट सहित कुल ६ करोडमा २ किलोमिटर बाटो कल्भर्ट सहितको निर्माण गर्न डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले आव्हान गरेको टेण्डर मुन्ना निर्माण सेवाले साकार गरेको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।