रौतहट फाल्गुन ११ गते।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीलाई स्वास्थ्यकर्मीकाे एक टाेलीले ध्यानाकर्षणपत्र बुझाएको छ । स्वास्थ्यकर्मी हरूकाे संघर्ष समिति राैतहटका जिल्ला सचिव कौस्तुभमणि साह र कोषाध्यक्ष सन्जीव साहको नेतृत्वकाे टाेलीले आज माैलापुरमा मधानी महाेत्सवलाई समुदघाटन गर्न पुगेकी मन्त्री तिवारीलाई उनीहरूले साे ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
स्वास्थ्यकर्मीले आफ्नो जायज मागलाई सम्बाेधन गर्न बारम्बार ध्यानाकर्षण गराइहेका छन् ।
यसअघिपनि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई पनि ध्यानाकर्षणपत्र बुझाएको थियोे । ध्यानाकर्षणपत्रमा मधेस सरकार द्वारा २०८१ भदौ ०७ गते राजपत्रमा प्रकाशित गरेको स्थानीय सेवा गठन तथा सञ्चालन ऐनले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम स्थानीयतहमा समायोजन भएको स्वास्थ्य कर्मचारीलाई स्तरवृद्धि हुन बाधा पुर्याएकाे भन्दै यसलाई सच्याउन आग्रह गरिएको छ ।
यस अघि उनीहरूले मधेश सरकारको स्थानिय सेवा ऐन सच्चयाउन रौतहटमा स्वास्थ्यकर्मीहरुको संघर्ष समिति गठन गरेका थिए । स्थानिय सेवा ऐन २०८१ जारी गरेपछि प्रदेश भरीमा लगभग १५ सय भन्दा बढी कर्मचारीको वृत्ति विकास रोकिएको हाे ।
ध्यानाकर्षणपत्र बुझाउने क्रममा दिनेश प्रसाद यादव,सुरेश यादव,बजरंगी जयसवाल लगायतका स्वास्थ्यकर्मीहरू सामिल थिए ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू