Posts Grid

March 7, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।

सुनिल रजक फाल्गुन १५ गते। रौतहट 

रौतहट जिल्लाको बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवामा बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु भएको छ। उक्त दुई दिने अन्तर्राष्ट्रिय दंगल कार्यक्रममा नेपालका नेपाल पुलिस टिम र भारतका चर्चित पहलवानहरुको विशेष सहभागिता रहेको छ ।

 

नेपालको बिभिन्न ठाउँका पहलवानहरु  बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा दंगल कार्यक्रममा सहभागी भएका छन् । यस्तै भारतको मुना टाइगर पहलवान, फकिर बाबा पहलवान  सहित स्थानीय पहलवानको समेत सहभागिता रहेको छ ।

बौधीमाइ नगरपालिकाका मेयर प्रत्यासी राजन बाबू जयसवाल प्रमुख आतिथित्यमा र आम जनता पार्टीको महासचिव त्रिभुवन साह को विशेष उपस्तिथिमा उदघाटन भएको कुस्ती (दंगल) कार्यक्रम हेर्न हजारौंको सहभागिता रहेको छ । बौधीमाइ नगरपालिका सरमुज्वा स्थित बाबा  बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु भएको छ ।

उक्त कुस्ती उदघाटन समारोह कार्यक्रममा बौधीमाइ नगरपालिकाको वडा न. ९ को वडा अध्यक्ष मुक्ति नारायण मिश्र,नेता जियालाल यादव, नेकपा एस का नेता रमेश जयसवाल, बौधीमाइ नगरपालिका वडा न.८ को पूर्व वडा अध्यक्ष उपेन्द्र दास,स्थानीय नेता सिताराम बैठा, नेपाली काङ्ग्रेसका स्थानीय नेता दिपेन्द्र बैठा, सहित स्थानीय विभिन्न पार्टीका जनप्रतिनिधिहरुको, सुरक्षाकर्मी र संचारकर्मीहरुको उपस्तिथि रहेको थियो।

You may have missed