Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न एमाले सांसद किरणकुमार साहको माग

नेकपा (एमाले)का सांसद किरणकुमार साहले नेपाललाई हिन्दु राष्ट्र बनाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले संविधानले उन्नति र पहिचान नदिएकाले संशोधन गरी हिन्दु राष्ट्र बनाउन माग गरेका हुन् ।

“हाम्रो सामु प्रश्न खडा भएको छ । हामीले सोचेका थियौँ, हाम्रो संविधान संविधानसभामार्फत आफैँ लेख्यौँ,” उनले भने, “सबै नेताहरूले यसलाई विश्वको उत्कृष्ट संविधान भने तर, यो संविधानले उन्नति नै दिइराखेको छ । न त पहिचान त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिऔँ ।”

उनले धर्म निरपेक्ष राष्ट्र बनाउँदा विश्व स्वास्थ्य संगठनको उमेदवारी दिँदा पनि हारिएको बताए । युवा विदेशमा जानुपरेको, गाउँ रित्तिन थालेको उनको भनाइ छ ।

You may have missed