Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

जसपा नेपालकाे बिस्तारित बैठक सम्पन्न।

रूपेश यादव ।
असाेज ९ राैतहट

रौतहट जिल्लाको उतरी र पश्चिमी भेगमा रहेको फतुवा बिजयपुर नगरपालीकामा जनता समाजवादि पार्टि नेपालकाे विस्तारित बैठक भब्यताका साथ सम्पन्न भएको छ। मन-मनमा जसपा, घर-घरमा जसपा नाराका साथ जनता समाजवादी पार्टी नेपाल फतुवा बिजयपुर नगरकार्य समिति राैतहट द्वारा बुधबारका दिन साे नगरपालिकाकाे वडा नम्बर ९ लक्ष्मिनियामा नगर स्तरीय अगुवा कार्यकर्ता भेला आधारभूत संगठन निर्माण अन्तर्गत तथा विस्तारित बैठक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको मूल उद्देश्य वडा को प्रत्येक टोल मा पुगी जनतासँग निकट रही पार्टीलाई अझै सशक्त र संगठनलाई बलियो बनाउने उदेश्य रहेको पार्टीका मधेश प्रदेश कमिटि सदस्य तथा युवा नेता बिजय चौधरीले जनाए ।
पार्टीका नगर उपाध्यक्ष बिनाेद यादवकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अथितिहरूमा जसपा नेपालका केन्द्रिय सदस्य एवम् पुर्व मधेश प्रदेश सरकारका कृषि राज्य मन्त्री योगेन्द्र राय यादव, केन्द्रिय सदस्य राम अस्रे चौधरी, प्रदेश कार्यकारीणी सदस्य पुनित राम, प्रदेश कमिटी सदस्य अनिल यादव,बिजय चौधरी, जिल्ला अध्यक्ष श्याम बिहारि यादब, लगाएत स्थानीय नेता कार्यकर्ता , राजनिती कर्मि एवं सञ्चारकर्मीकाे उपस्थिति रहेका थियो ।

You may have missed