Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

आरती साहको परिवार र गृह मन्त्रालयबीच पाँच बुँदे सहमति

रौतहट मिडिया // फाल्गुन ३० गते 

स्वर्गीय आरती साहको परिवार र गृह मन्त्रालय बीच पाँच बुँदे सहमति भएको छ । मंगलबार साँझ आन्दोलनरत आरती साहका परिवार र गृह मन्त्रालय बीच भएको छलफलमा पाँच बुँदे सहमति भएको हो ।

 

गृहमन्त्रि रवि लामिछाने पनि उपस्थित छलफलमा सहमतिसँगै शाहको परिवारले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको छ । आरती साह आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी थिइन् ।

सहमतिपत्रमा साहको कर्तव्यज्यानसम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुनबमोजिम अदालतमा पेस गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोको टोली खटाउने तथा अनुसन्धान टोलीले मृतक आरती साहको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्नेगरी घटनाको विषयमा अध्ययन गर्ने उल्लेख छ ।

 

यस्तै अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा प्रचलित कानुनबमोजिम पुनः अभियोजनसमेत गर्ने, आरती साहका परिवारलाई राहतस्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक, सहजीकरण गर्ने तथा साहका परिवारको तर्फबाट भइरहेको आन्दोलनका कार्यक्रमहरू फिर्ता लिने सहमति भएको छ ।

You may have missed