२०८० फाल्गुन २, बुधबार
जनकपुरधाम, २ फागुन ।
सरकारी छाप दस्खत लिखत कीर्ते मुद्दामा पुर्पक्षका लागि गत १४ महिनादेखि भैरहवा कारागारमा रहेका
राजगुठी मटिहानीका मानमहन्थ जगरनाथ दास वैष्णव निर्दोष ठहर भएका छन् ।
जिल्ला अदालत रूपन्देहीले मानमहन्थ दासलाई बुधबार निर्दोष ठहर गरेको हो ।
जिल्ला अदालतका न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले जिल्ला प्रशासन कार्यालय रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको सहीछाप कीर्ते गरी रोक्का गरिएको बैंक खाता खुलाएको मुद्दामा दासमाथिको अभियोग दाबी नपुगेको फैसला बुधबार सुनाएको छ ।
यसअघि सोही मुद्दामा अभियोगपत्र दायर भएपछि अदालतले दासलाई गत २०७९ साल पुस महिनामा भैरहवा कारागार पठाएको थियो ।
महन्थ दासले रूपन्देहीको आफ्नो नाउँमा रहेको जग्गा बिक्री गरी खातामा ७० लाख रुपैयाँ राखेका थिए । जग्गा बिक्रीसम्बन्धी उजुरीका आधारमा छानबिनका लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीले दासको खाता रोक्का गरेको अवस्थामा तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारीको नक्कली हस्ताक्षरका आधारमा खाता रोक्का फुकुवा गराई रकम झिकिएको थियो ।
महन्थ दासले फर्जी दस्खतबाट खाता फुकुवा र आफ्नो हस्ताक्षर रहेको चेकबाट आफ्ना चेलाहरू श्रवण यादव र उपेन्द्रकुमार साहले रकम निकासा गरेको भनी अदालतमा प्रतिरक्षा गरेका थिए ।
धनुषा निवासी यादव र साह अदालतमा हाजिर नभएको सो मुद्दामा दासका कानुन व्यवसायी रहेका अधिवक्ता विमल मिश्रले बताए ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।