अमित ठाकुर।रौतहट।माघ २५।
रौतहटमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई १ सय १ किलो माला लगाई भब्य स्वागत गरिएको हो।
नेकपा एमाले रौतहटको को १० औं जिल्ला अधिवेशनका उद्घाटन गर्न आएका पुर्व प्रधानमन्त्री तथा अध्यक्ष ओली रौतहटको मध्य भाग गरुडामा भब्य स्वागत गरेका हुन।
एमालेको १० औ जिल्ला अधिवेशनमा रौतहटका स्थानीय नेताकार्यकर्ता र केन्द्रीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
आजदेखि हुने जिल्ला अधिवेशनको अध्यक्ष केपी शर्मा ओली उद्घाटन गरेका छन ।
दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । तथा मिसन २०८४ मा रौतहटलाई एमालेमय बनाउने अध्यक्ष अोली बताएका छन्।
कार्यक्रममा एमाले का सचिव योगेश भट्टराई, रधुबिर महासेठ ,संघिय संसद किरण साह ,केन्द्रीय सदस्य अजय गुप्ता, बबन सिंह अंसु सिंह,रेखा झा सहित पाेलिटब्युराे सदस्य हरु, केन्द्रीय सदस्यहरु लगाएतका नेताहरुको सहभागिता रहेको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।