सुनिल रजक माघ ११ गते। रौतहट
मधेश प्रदेशका विभिन्न जिल्लामा बन्द गराउँदै हिँडेका प्रभु शाह नेतृत्वको आम जनता पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीले जनकपुर, रौतहट, बारालगायत विभिन्न स्थानबाट बजार बन्द गराउँदै हिँडेका आम जनता पार्टीका ५० भन्दा बढी कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले जनकपुरको रामानन्दचाेकबाट पार्टीका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता एवं आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साह लगायतलाई पक्राउ गरी धनुषा प्रहरी कार्यालयमा राखेको छ ।
यस्तै, रौतहट जिल्ला इन्चार्ज त्रिभुवन साह र आम मुस्लिम मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मंसूरी लगायत दर्जनौँ प्रदर्शनकारीलाई नियन्त्रण लिएर चपूर प्रहरीमा राखिएको छ ।
सवारी आवागमनमा अवरोध गर्ने, गाडीमा तोडफोड जस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
राष्ट्रिय सभा चुनावलाई लक्षित गरी आम जनता पार्टीले आज बन्द आह्वान गरेको थियो।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।