✍️RJ RAHUL YADAV
। नेशनल ईन्फोटेक (एनआई) कपअन्र्तगत आजको पहिलो खेलमा अल्पाइन स्कुल विजयी भएको छ । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा जारी एनआई कपअन्र्तगत शनिवार सम्पन्न पहिलो खेलमा वीरगञ्ज कलेज ७५ रनले पराजित भएको हो ।
टस जितेर ब्याटिङ् गरेको अल्पाइनले पुरै ओभर खेल्दै ५ विकेटको क्षतीमा १६१ रनको योगफल तयार पारेको थियो । जसका लागि अफ्रोज अन्सारीले ३५ बलमा ३९ रन बनाए । ईस्रार अहमदले ३४ रन जोडे भने अर्फीद अन्सारीले २८ रन बनाए ।
वीरगञ्ज कलेजका खगेन्द्र दासले ४ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिए । सुरज पटेलले २२ रन दिएर २ विकेट लिए ।
वीरगञ्ज कलेजले १६२ रनको लक्ष्य भेटाउन सकेन । वीरगञ्ज कलेज १९ ओभरमा सबै विकेट गुमाएर ८६ रनमै समेटियो । वीरगञ्ज कलेजका लागि आदित्य पासवानले १८ रन बनाए भने सन्देश बैठाले १५ र सोहेल अन्सारीले १३ रन जोडे ।
अल्पाइनका रामप्रित चौधरीले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिँदा अर्फीद अन्सारीले २० रन दिएर २ विकेट लिए ।
प्रतियोगीतामा अल्पाइनका अर्फीद अन्सारी प्लेयर अफ दी म्याच घोषित भएको एनआई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए । अर्फीदलाई एनआई कपका संयोजक श्याम रामले प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेका थिए । अहिले ज्ञानदा एकेडेमी र ग्लोबल बिजनेस कलेजबीचको खेल भइरहेको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।