✍️RJ RAHUL YADAV
। नेशनल ईन्फोटेक (एनआई) कपअन्र्तगत आजको पहिलो खेलमा अल्पाइन स्कुल विजयी भएको छ । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा जारी एनआई कपअन्र्तगत शनिवार सम्पन्न पहिलो खेलमा वीरगञ्ज कलेज ७५ रनले पराजित भएको हो ।
टस जितेर ब्याटिङ् गरेको अल्पाइनले पुरै ओभर खेल्दै ५ विकेटको क्षतीमा १६१ रनको योगफल तयार पारेको थियो । जसका लागि अफ्रोज अन्सारीले ३५ बलमा ३९ रन बनाए । ईस्रार अहमदले ३४ रन जोडे भने अर्फीद अन्सारीले २८ रन बनाए ।
वीरगञ्ज कलेजका खगेन्द्र दासले ४ ओभरमा २८ रन खर्चिएर ३ विकेट लिए । सुरज पटेलले २२ रन दिएर २ विकेट लिए ।
वीरगञ्ज कलेजले १६२ रनको लक्ष्य भेटाउन सकेन । वीरगञ्ज कलेज १९ ओभरमा सबै विकेट गुमाएर ८६ रनमै समेटियो । वीरगञ्ज कलेजका लागि आदित्य पासवानले १८ रन बनाए भने सन्देश बैठाले १५ र सोहेल अन्सारीले १३ रन जोडे ।
अल्पाइनका रामप्रित चौधरीले ४ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिँदा अर्फीद अन्सारीले २० रन दिएर २ विकेट लिए ।
प्रतियोगीतामा अल्पाइनका अर्फीद अन्सारी प्लेयर अफ दी म्याच घोषित भएको एनआई कलेजका प्रबन्ध निर्देशक मनिष सिंहले जानकारी दिए । अर्फीदलाई एनआई कपका संयोजक श्याम रामले प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेका थिए । अहिले ज्ञानदा एकेडेमी र ग्लोबल बिजनेस कलेजबीचको खेल भइरहेको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।