२५ माघ,वीरगञ्ज । RJ RAHUL YADAV
अल्पाईन टी २० क्रिकेट टुर्नामेन्टको तयारी पुरा भएको छ । बिहीबार टुर्नामेन्टको आयोजक अल्पाईन माध्यमिक बिधालयले पत्रकार सम्मेलन गरि प्रतियोगिताको आयोजना गर्न गईरहेको जानकारी दिएको छ ।
वीरगञ्जमा आउदो शनिबार देखि वीरगञ्ज महानगरका अल्पाईन, मिनीलेन्ड, विपिएस, पीसजोन, ग्लोबल, बाल एकता, पर्सा म्यानेजमेन्ट, डेसिमल, मेरीगोल्ड, ममता माध्यमिक विधालयगरी १६ वटा निजी बिधालयहरुको सहभागितामा क्रिकेट टुर्नामेन्ट प्रतियोगिता हुन गईरहेको छ । सो प्रतियोगिता अगामी २७ गते शनिबार देखि फागुन १९ गतेसम्म हुने आयोजक अल्पाईन माध्यमिक बिधालयका सञ्चालक एवम् प्रतियोगिताका सँयोजक बिनोद कुमार उपाध्यायले जानकारी दिए ।
प्रतियोगितामा सहभागी भएका टिमहरुलाई चार वटा ग्रुपमा बिभाजन गरिएको तथा प्रतियोगिता वीरगञ्जको नारायणी रँगशालामा आयोजना हुने उपाध्यायले बताए । विगतको समयमा नेपालमा क्रिकेट खेलको क्रेज तिर्ब गतिमा बढीरहेकोले खेलाडीहरुको हौसला प्रदान गर्न र पर्सा जील्लामा क्रिकेट खेलाडीहरु राष्ट्रिय रुपमा बढाउनका निमित सो प्रतियोगिता आयोजना गर्न गईरहेको प्रतियोगिता संयोजक विशाल कुमारले बताए । यस प्रतियोगितामा पर्सा क्रिकेट संघ लगायत क्रिकेटसंग सम्बन्धित निकायको पनि उपस्थीति रहने अल्पाईन स्कुलका क्रिकेट कोच कलामुदिन अंसारीले जानकारी दिए । प्रतियोगिताको कुल लागत ६ लाख रहेको आयोजकले जानकारी दिएको छ । सो अवसरमा क्याम्पसका क्रिकेट खेलाडीहरु, अन्तराष्ट्रिय अम्पायर हिरालाल यादव, बासु कर्ण लगायत संचारकर्मीहरुको उपस्थीति रहेको थियो । पत्रकार सम्मेलनको संचालन पत्रकार राम मण्डल्ले गरेका थिए । पछिल्लो समय वीरगञ्जमा क्रिकेट प्रतियोगिताले तिब्रता पाएको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।