Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

पूर्वराजा ज्ञानेन्द्र शाहले गरे पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी, माघ १३ गते वीरगञ्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम

✍️RJ RAHUL YADAV वीरगञ्ज । पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका सदस्यले पर्सा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गरेका छन् । पुष २३ गतेदेखि बाराकाे सिमरामा रहेका पूर्वराजा शाह बुधबार परिवारसहित निकुञ्ज क्षेत्रमा पुगेका हुन् ।

पूर्वराजा शाहसंगै पूर्वरानी कोमल शाहसहित परिवारका अन्य सदस्य थिए । पूर्वराजपरिवारले जंगल सफारीका लागि प्रयोग हुने गाडी चढेर निकुञ्ज क्षेत्रको अवलोकन गरेका थिए ।

भैरहवाबाट पुष २३ गते सिमरा आएका पूर्वराजा सिमरास्थित प्रभु निवासमा बसिरहेका छन् । उनले पुष २८ गते सर्लाहीको मुक्तेश्वर मन्दिर, माघ २ गते रौतहटको शिवमन्दिरको दर्शन गरेका थिए । उनि बिहीबार बरियारपुरस्थित गढीमाई मन्दिर दर्शन गर्न जादैछन् भने माघ ७ गते हेटौंडाको भूटनदेवी मन्दिर पुग्नेछन् ।

पूर्वराजा शाहलाई माघ १३ गते वीरगञ्जमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सिमरा मुकाम बनाएर तराईका विभिन्न जिल्ला भ्रमण गरिरहेका पूर्वराजा शाह बुधबार बाराको पर्यटकिय स्थलको रुपमा रहेको निकुञ्ज क्षेत्र पुगेका हुन् ।

 

You may have missed