वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजद्वारा आयोजित तेस्रो “एनआइ कप – २०८० क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार भएको पहिलो खेलमा अल्पाइन स्कुल विजयी भएको छ ।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै अल्पाइन स्कुल विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अल्पाइन स्कुलले १९ ओभरमा ८ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो । जसका लागि मनिष पटेलले ३८ बलमा दुई चौकाको सहयोगले २९ र अफ्रिदी अन्सारीले १७ बलमा एक चौकाको सहयोगमा १६ रन बनाए । त्यस्तै अफरोज अन्सारीले २१ बलमा एक चौकाको सहयोगले १५ रन बनाए । पहिलो इनिङमा हेटौँडा स्कूलका प्रन्जल उपाध्याय, कृष्णा यादव र गौरव श्रेष्ठले दुई/दुई विकेट लिए ।
दोस्रो इनीङमा १०७ रनको लक्ष्य भेटाउन हेटौँडा स्कुल असफल
दोस्रो इनीङमा १०७ रनको लक्ष्य भेटाउन हेटौँडा स्कुल असफ रह्यो । १८.४ ओभरमै सम्पूर्ण विकेट गुमाएको हेटौँडाले १०३ रन मात्र जोड्न सक्यो । हेटौँडा लागि कृष्णा यादवले सर्वाधिक २३ र साहेब यादवले १६ रन बनाए । त्यस्तै अमन यादवले १२ रनको बनाए ।
बलिङतर्फ अल्पाइन स्कूलका अफरोज अन्सारीले दुई ओभरमा केवल पाँच रन खर्चिएर दुई विकेट लिन सफल भए । ब्याटिङ र बलिङ तर्फ उत्कृष्ट प्रदर्शनी गरेका उनलाई प्लेयर अफ द म्याच घोषित गरियो । त्यस्तै अल्पाइनका रञ्जित चौहानले दुई र नवराज अधिकारीले एक विकेट लिए ।
👉RJ RAHUL YADAV
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।