वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजद्वारा आयोजित तेस्रो “एनआइ कप – २०८० क्रिकेट प्रतियोगिता’ अन्तर्गत बिहीबार भएको पहिलो खेलमा अल्पाइन स्कुल विजयी भएको छ ।
हेटौँडा स्कुल अफ म्यानेजमेन्टलाई ३ रनको झिनो अन्तरले पराजित गर्दै अल्पाइन स्कुल विजयी भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको अल्पाइन स्कुलले १९ ओभरमा ८ विकेट गुमाएर १०६ रनको योगफल तयार गरेको थियो । जसका लागि मनिष पटेलले ३८ बलमा दुई चौकाको सहयोगले २९ र अफ्रिदी अन्सारीले १७ बलमा एक चौकाको सहयोगमा १६ रन बनाए । त्यस्तै अफरोज अन्सारीले २१ बलमा एक चौकाको सहयोगले १५ रन बनाए । पहिलो इनिङमा हेटौँडा स्कूलका प्रन्जल उपाध्याय, कृष्णा यादव र गौरव श्रेष्ठले दुई/दुई विकेट लिए ।
दोस्रो इनीङमा १०७ रनको लक्ष्य भेटाउन हेटौँडा स्कुल असफल
दोस्रो इनीङमा १०७ रनको लक्ष्य भेटाउन हेटौँडा स्कुल असफ रह्यो । १८.४ ओभरमै सम्पूर्ण विकेट गुमाएको हेटौँडाले १०३ रन मात्र जोड्न सक्यो । हेटौँडा लागि कृष्णा यादवले सर्वाधिक २३ र साहेब यादवले १६ रन बनाए । त्यस्तै अमन यादवले १२ रनको बनाए ।
बलिङतर्फ अल्पाइन स्कूलका अफरोज अन्सारीले दुई ओभरमा केवल पाँच रन खर्चिएर दुई विकेट लिन सफल भए । ब्याटिङ र बलिङ तर्फ उत्कृष्ट प्रदर्शनी गरेका उनलाई प्लेयर अफ द म्याच घोषित गरियो । त्यस्तै अल्पाइनका रञ्जित चौहानले दुई र नवराज अधिकारीले एक विकेट लिए ।
👉RJ RAHUL YADAV


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।