एस के रजक// मंसिर १६ गते।
रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा शनिवार बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएपछि मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।
दुर्घटनामा परी २० वर्षीया अप्सरा खातुन गम्भीर घाइते भएकी छिन । घाइतेको भैरहवामा उपचार भइरहेको डीएसपी मनोहर भट्टले जानकारी दिए ।
सो बसमा स्थानीयहरुले आगो लगाएका छन ।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।