बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीमा मेला लगाउने विषयमा दुई पक्षबीच झडप भएको छ ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले आठ राउन्ड गोली फायर गरेको छ । बेनौलीमा झण्डा मेला लगाउने विषयमा सोमबार राती गाउँका दुई पक्ष बीच विवाद भएको थियो ।
विवादले उग्ररुप लिएपछि ढुंगामुढा हानाहान तथा झडपसमेत भएको थियो । झडपलाई सामान्य बनाउन गएराती करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाई फायर गरी भीडलाई तितरबितर बनाइए पनि ११ बजे पुनः झडप सुरु भएपछि प्रहरीले सुरुमा ५ राउन्ड र त्यसपछि १ राउन्ड गरी जम्मा आठ राउन्ड गोली हवाई फायर गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
अहिले स्थिति सामान्य रहेको उहाँले बताउनुभयो । झडपमा ढुङ्गा हानाहान हुँदा दुईजना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा पचरौता वडा नम्बर ७ बस्ने ४० वर्षीया लक्ष्मी पटेल र सोही स्थान बस्ने ४२ वर्षीया चण्डीका पटेल रहेको प्रहरीले जनाएको छ । प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा नलिएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताउनुभयो ।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।