सुनिल रजक साउन १२ गते। रौतहट
रौतहट जिल्लाको राजदेवी नगरपालिका संग जनमत पार्टीका केन्द्रिय सदस्य विकास यादवले १४ बुन्दे सुचना मांग गरेको छ ।
संविधानको धारा २७ तथा सुचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ अनुसार आ .व ०७९/०८० को ससर्त अनुदान, वितिय समानिकरण समपुरक अनुदान, विशेष अनुदान र राजस्व समेतको बजेटको विवरण सहित शिक्षा क्षेत्रमा के कति रकम विनियोजन भएको सो को विवरण तथा यस पालिकाबाट डिजल, पेट्रोल, मोबिल र जेसीबी, टिपर, मोटरसाइकल समेतको मर्मत खर्चको प्रतिलिपी मांग गरेका छन् ।
त्यस्तै आ.व ०७९/०८० मा यस नगरपालिकाबाट खर्च भएको चलती खाताको बैंक स्टेटमेन्ट समेत खेल कुद तर्फ के कति बजेट खर्च भएको सो को विवरण र यस नगरपालिकमा रहेका स्थाइ अस्थाई र करारमा रहेका कर्मचारीहरुको विवरण साथै नियुक्ति पत्रको विवरण सहित १४ बुन्दे मांग पत्र राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थलाई जनमत पार्टीका केन्द्रिय सदस्य यादव सहित पार्टीका जिल्ला सदस्य शिव शरण यादव , नगर अध्यक्ष प्रभु राय यादव,नगर सचीव अमरेन्द्र साह,बिपिन यादव, जनमत पार्टीका वडा प्रत्यासी सुरेन्द्र ठाकुर , बिर्जु ठाकुर , जामुन दास, अरुण यादव , शशि भुषन साह,किश्नन्दन तिवारी , शम्भु ठाकुर,नितेश झा क्यलाश महतो लगायतका नेताले पत्र बुझाएका हुन् ।


More Stories
गुप्ताले प्रधानमन्त्री केपी ओली समक्ष राजीनामा बुझाएको छ
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।