ब्रजकिशोर पटेल काठमाडौं असार ३१ गते।
हवाई उड्डयन तथा मौसमसँग सम्बन्धित पत्रकारिता तालिम सम्पन्न
काठमाडौँ । मिडिया एकेडेमी नेपालको आयोजनामा सञ्चालन भइरहेको हवाई तथा मौसमसँग सम्बन्धि सात दिने तालिम सम्पन्न भएको छ । हवाई तथा मौसमका विषयमा पत्रकारमा देखिने अस्पष्टतालाई हटाउने लक्ष्यसहित साथ आयोजना गरिएको सो तालिममा ६२ जना सञ्चारकर्मीहरू सहभागी रहेको मिडिया एकेडेमी नेपालका निर्देशक डम्बर शाहुले जानकारी दिए ।
नागरिक उड्डयन प्राधिकरण र वायु सेवा सञ्चालक संघको सहकार्यमा मिडिया एकेडेमी नेपालले आयोजना गरेको सो तालिम आइतबारदेखि सुरु भएको हो । क्याप्टेन रामेश्वर थापाको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रमको पहिलो दिन जहाजको हवाई उड्डयन विकासका बारेमा नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जय कुमारले प्रशिक्षण गरेका थिए ।
त्यस्तै कार्यक्रमको दोस्रो दिन पाइलट विनोद पुरीले जहाजको बनावट र विशेषताबारे प्रशिक्षण गरेका थिए । सोही दिन दोस्रो सत्रमा नागरिक उड्डयन प्राधिकरणका सेफ्टी शाखा प्रमुख राजु श्रेष्ठले जहाजको सुरक्षाबारे प्रशिक्षण गरेका थिए । कार्यक्रमको तेस्रो दिन हवाई क्षेत्रका विज्ञका रूपमा परिचित मेहेन्द्रकुमार श्रेष्ठले जहाजलाई कसरी सुरक्षित राख्ने र के के कारणले जहाज दुर्घटना हुन्छ भन्ने शीर्षकमा प्रशिक्षण गरेका थिए ।
त्यस्तै भने सोही दिनको दोस्रो सत्रमा उड्डयन प्राधिकरणका उपनिर्देशक सञ्जयकुमारले जहाजको राष्ट्रिय अन्तर्राष्ट्रिय नियमन संस्थाहरूको विषयमा प्रशिक्षण गरेका थिए । यस्तै, तालिममा पाइलटहरु र हवाई उड्डयन विज्ञहरुले समेत प्रशिक्षण दिएको शाहूले बताए ।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।