Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

कटहरिया नगरपालिका द्वारा योजना प्रमुख यादव सहित ७ जना सर्वोत्कृष्ट कर्मचारीको रुपमा सम्मान भएको छ

सुनिल रजक रौतहट मिडिया न्युज डेस्क। रौतहट

रौतहटको कटहरिया नगरपालिकाले योजना शाखा प्रमुख राम नरेश यादव सहित ७ जन सर्वोत्कृष्ठ कर्मचारीको रुपमा सम्मान गरेको छ ।

नगरपरिषदको अवसरमा नगरपालिकाको कार्यालयमा आयोजित नगर सभा अधिवेशन कार्यक्रममा नगर प्रमुख अजय प्रकाश, उप प्रमुख रिता देवी यादव र प्रमुख प्रशासकीय अधिकृत राम प्रकास साहले यादवलाई नगद पाँच हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यस्तै शाखा प्रमुख हरेन्द्र यादव, इन्जिनियर कार्यालय सहयोगी सबैलाई प्रति ब्यक्ति ५ हजारका दरले र सम्मान पत्रका साथ दोसल्ला ओढाएर सम्मान गरिएको छ । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका मेयर अजय प्रसकाशले कर्मचारीलाई सम्मान गरिँदा उत्कृष्ट काम गर्न हौसला मिल्ने बताए । कर्मचारीले राम्रो काम गरेर हरेकले सम्मान ग्रहण गर्नुपर्ने उनको सुझाव छ ।

‘इमानदारिता र लगनशीलता कर्मचारीको बहुमूल्य गहना हो, त्यसैले निजामति कर्मचारीले आफूले पाएको य जागिरका हिसाबमा मात्र लिनु हुँदैन, जागिरलाई जिम्मेवारीका हिसाबले लिन सक्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृत साहले अनुशासन र कामले नै कर्मचारीको मूल्यांकन हुने भएकाले आफ्नो दायित्व र जिम्मेवारी निभाउनु पर्ने बताए ।

उनले सरकारी नीति निर्देशनमा रहेर सेवाग्राहीलाई सेवा दिनु नै कर्मचारीको पहिलो काम, कर्तव्य भएको धारणा राखे । योजना शाखा प्रमुख यादवले सर्वोत्कृष्ट सम्मान पाउँदा काम गर्ने जिम्मेवारी अझै बढेको महसुस भएको बताए ।

You may have missed