रौतहटको गरुडा नगरपालिकाको आर्थिक वर्ष ०८०÷८१ को नौं नगरसभाले ५५ करोड १६ लाख ३० हजार बराबरको बजेट विनियोजन गरेको छ । ”समृद्ध नगर ःखुशी नगरबासि” मुल नाराको साथ गरुडा नगरपालिकाले कलवार धर्मशालामा आयोजना गरिएको नौं नगरसभामा नीति बजेट तथा कार्यक्रमलाई गरुडा नगरपालिकाको वार्ड नं.५ का वडाअध्यक्ष रामबिनोद साहले बजेट प्रस्तुत गर्नु भएका थिए । नगरसभाको नीति तथा कार्यक्रमको उद्घघाटन मधेश प्रदेशको समाजिक बिकास राज्यमन्त्री अबुल कलाम अजाद उर्फ फुलबाबुले पानसमा बति बाल्नुको साथसाथै फिता काटेर उद्वघाटन गर्नु भएको थियो । नगर् प्रमुख कन्थमनि प्रसाद जैसवालको अध्यक्षतामा भएकोको नौं नगरसभा तथा नीति तथा कार्यक्रममा भने जनताहरुसँग गरेको बाँचा अहिले पनि अधुरै नै रहेको बताए । उनले भने, ‘हामीहरु जनप्रतिनिधि भएर आएको बेला देखि अहिले सिखने अवस्था छ अब बिस्तारै जनाताहरुसंग गरिएको प्रतिबद्धता पूरा गरिने बताए । भाषणमा र काममा धेरै फरक छ किन भने एकै चोटि स्मार्ट सिटि बन्दैन गरुडा नगरपालिकाको बिकासको लागी म बसेको छैन गरुडा नगरपालिकाको बिकासको लागि आफु लागिपरेको छु ।गरुडाको बिकास पाँच वर्षिय योजनामा राखेर पुरा गर्ने प्रतिबद्धता गरेका छन । योजनामा रहेको निर्माण लगायतको काम आफूले सके अनुसार बाकी छोडेको छैन।उनले जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बढेकोले अहिले हामीहरु धेरै नै बिकास निर्माण लगायतको काम अगाडि बढाका बताए ।।जिल्लाको मध्यभागमा अवस्थित तथा ब्यापारिक नगरि भनि चिनिने गरुडा नगरपालिकाको समग्र विकासको लागि पार्टी प्रतिनिधिहरुलाई एकजुट भई अगाडि बढ्न उनले आग्रह समेत गरेका थिए । नगरसभाबाट कार्यक्रम बजेटमा गरुडा नगरपालिकाको ५५ करोड १६ लाख ३० हजारको बजेट नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।। नगर सभा कार्यक्रममा स्वास्थ्य , शिक्षा, कृषि , उधोग,ब्यापार,ब्यवसाय ,पर्यटन तथा संस्कृति ,पशु , पर्यटन, भौतिक पुर्वधार विकासमा , महिला बालबालिका उत्थान ,खेलकुद,खानेपानि तथा सरफाई ,युवा ,खेलकुद तथा कला ,सडक,पुल तथा यतायात ,सुचना,सञ्चार तथा प्रबिधि लगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड नगर प्रमुख जैसवालले राख्नु भएको छ । त्यसतै नगर प्रमुख जैसवालले आ.व २०८०÷०८१ मा प्रशासनिक भवन निर्माणको लागी आवश्यक माटो परिक्षण र डि.पि.आर त्यारीको कार्य सम्पन भई अव प्रशासनिक भवन निर्माण कार्यलाई तिब्रता दिने बताउनु भायो । पर्यटकिय स्थल शिवनगर महादेव स्थानको सौन्दर्यकरण कार्य तथा श्रदालुहरुलाई बिशेष ध्यानमा राखेर चालु आ.वमा शौचालय सहितको चेन्जिङ्ग रुमनिर्माण सम्पन हुने बताउनु भयो । त्यसै गरि नगरलाई सफा स्वच्छ र सुन्दर नगर बनाउन आवश्यक घुम्ती शौचालयको चालु आ.व भित्रमा नै ब्यवस्था गरिने नगर प्रमुख जैसवालले प्रतिबद्धता जनाउनु भएको थियो । नगर सभा कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत हेमराज फुँयाल ,नगर उधोग बाणिज्य संघ रौतहट गरुडाको अध्यक्ष हरेन्द्र प्रसाद जैसवाल,कुशल सुनचाँदी ब्यवसाय रामजि साह ,युवा नेता सैलेश जैसवाल ,जिन्सि शाखाको प्रमुख मुकेश साह ,नगरपालिकाको सम्पुर्ण कर्मचारी ,सुरक्षाकर्मि ,भद्रभलादमि ,बुद्धजिवि ,नागरिक समाज र पत्रकारहरुको उल्लेखनिय सहभागिता रहेको थियो भने कार्यक्रमको सन्चालन दलित बिकास समितिको सदस्य युवा नेता राजकुमार दासले गर्नु भएको थियो ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।