Posts Grid

March 14, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

नागरिकता विहिन संघर्ष समिति रौतहटका अध्यक्ष जयप्रकाश गिरीले लिए पहिलो दिन वंशज नागरिकता

सुनिल रजक रौतहट असार १० गते।

नागरिकता विहिन संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला अध्यक्ष जयप्रकाश गिरीले वंशजको नागरिकता पाएका छन् ।

नागकिता नपाएर लामो समयदेखि संघर्षरत्त जयप्रकाशले जिल्ला प्रशासन कार्यालय रौतहटबाट वंशजको नागरिकता पाएका हुन्
रौतहटको बौद्विमाई नगरपालिका ३ मटिअर्वा घर भएका जयप्रकाश गिरीले १९ वर्षको उमेरमा नागरिकता पाएका हुन् ।
बुबा राम अधार गिरीसंग नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय रौेतहट पुगेका थिए ।
उनलाई प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले नागरिकता हस्तान्तरण गरेका हुन् ।
नागरिकता पाएपछि जयप्रकाशले बल्ल यो देशको नागरिक भएको अनुभुती भएको बताए । ‘बल्ल आजदेखि नेपाली नागरिक भएको अनुभूति र अपार खुसी महसुस भइरहेको छ। अब यो देशमै केही गर्छु’, उनले भने ।
उनी नागरिकता संघर्ष समितिका केन्द्रीय सदस्य तथा रौतहट जिल्ला भएर आन्दोलनरत थिए । जयप्रकाश हेल्थ असिस्टेन्ट – HA_ हन् ।
बुबा राम अधार गिरीको नागरिकता जन्मसिद्ध भएको कारण उनले नागरिकता पाउन सकेका थिएनन् । तर राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता सम्बन्धी विधेयक कार्यान्वयन गर्न सर्वोच्च अदालते बाटो खोलेपछि उनले नागरिकता पाएका हुन् ।

You may have missed