सुनिल रजक चितवन मंसिर १० गते।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् ।
शुक्रबार चितवनमा नेकपा एमालेको दशौं महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ठाकुरले ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए ।
मधेस तथा थरूहट आन्दोलनका क्रममा २९२ जनामाथि लगाइएका मुद्दामध्ये तत्कालीन प्रधानमन्त्री ओलीको सद्भावनाले गर्दा १३९ जना रिहा भएको पनि उनले चर्चा गरे ।
मधेसका माग पूरा गर्ने सन्दर्भमा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आश्वासन दिएको भन्दै उनले बाँकी माग पूरा गर्न ध्यानाकर्षण गराए ।
संविधान संशोधनको मागसहित सडकमा उत्रिने क्रममा आफूहरुले २० लाख मानिसको सहभागितामा तराई मधेसमा मानव साङ्लो प्रदर्शन गरेको स्मरण गराउँदै उनले माग पूरा नभएमा फेरि पनि २० लाख मानिस उतार्ने चेतावनीसमेत दिए । उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे ।
More Stories
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।
बौधिमाईमा HPV खोप सम्बन्धी नगर स्तरिय खोप समन्वय समिति र सरोकारवालाहरुको बैठक सम्पन्न।
राैतहटकाे भैसहीमा १८ अौ बलिदानी दिवसको अवसरमा शहिदहरु प्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रजवल।