rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

नेकपा एमालेका १० औं महाधिवेशनका लागि रौतहटबाट २८ जना प्रतिनिधि चयन

सुनिल कुमार रजक //0मंसिर ०९ गते,रौतहट

नेकपा एमालेको १० औं महाधिवेशनका लागि रौतहटबाट २८ जना प्रतिनिधि चयन भएका छन् । चितवनमा आउदो मंसिर १० –१२ मा हुने राष्ट्रिय महाधिवेशनका लागि २८ जना प्रतिनिधिलाई चयन गरिएको हो । जसमा माओवादीबाट एमालेमा आएका नेता प्रभु साहकी श्रीमती एवं मौलापुर नगरपालिकाकी मेयर रिना साह देखि संघीय सांसद रेखा झासम्म छन् ।रेखा झा हालै सभामुखमाथि माइकले प्रहार गर्न खोजेर चर्चामा आएकी थिइन् । उपेन्द्र प्रसाद साह, राजकिशोर यादव, उमाशंकर साह, गीतादेवी साह, कुमारी बबिता साह क्षेत्र नम्बर एकबाट छन् ।

 

क्षेत्र नम्बर २ बाट मनोजकुमार यादव, अबुल कलाम आजाद, त्रिभुवन साह, कपिलदेव पटेल, परनिया देवी, शैलेन्द्र साह छन् । त्यसैगरी क्षेत्र नम्बर ३ बाट सियाराम कुशवाह, मणिशंकर निधि, पलट चौधरी, नरेश साह तुरहा, विजय यादव, रिना साह, कान्तिदेवी महतो छन् । क्षेत्र नम्बर ४ बाट तुलसीराज गिरी, उद्धव प्रसाद रेग्मी, बिना साह, राजु धामी, वैद्यनाथ सहनी चयन भएका छन् । दलित तर्फ राजनाथ माझी, चन्द्रेश्वर वैठा, ठगा दास, मन्तुरिया देवी रहेका छन् ।