सिताराम साह // मंसिर ९ गते, रौतहट
रौतहटको कटहरिया नगरपालिका द्वारा एक समारोहका बीच दुग्ध उत्पादक किसानलाई दूध ओसारपसार गर्ने क्यान बितरण गरिएको छ ।
गाई तथा भैंसीको दूध उत्पादनको लागि पकेट क्षेत्र मानिने कटहरिया १ झौवा गाउँमा बिहीबार आयोजित कार्यक्रमका प्रमुख अतिथी मेयर सियाराम कुश्वाहाले ४० जना दुग्ध उत्पादक किसानलाई क्यान बितरण गर्नु भएको हो ।
कृषकहरूको लागि दूध क्यान वितरण कार्यक्रममा झौवा,बरेडवा,विर्तीका ४० जाना कृषकहरुलाई दूध क्यान नगरपालोकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भयो । उक्त अवसरमा स्थानीय दर्जनौं किसान,राजनीतिक दलका कार्यकर्ता तथा आईटी आर्मिका जिल्ला संयोजक नरेश साह तुरहाको समेत उपस्थिति रहेको मेयर कुश्वाहाका पिए महेश यादवले कटहरिया एफएम लाई जानकारी दिनु भयो ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।