सिताराम साह // मंसिर ९ गते, रौतहट
रौतहटको कटहरिया नगरपालिका द्वारा एक समारोहका बीच दुग्ध उत्पादक किसानलाई दूध ओसारपसार गर्ने क्यान बितरण गरिएको छ ।
गाई तथा भैंसीको दूध उत्पादनको लागि पकेट क्षेत्र मानिने कटहरिया १ झौवा गाउँमा बिहीबार आयोजित कार्यक्रमका प्रमुख अतिथी मेयर सियाराम कुश्वाहाले ४० जना दुग्ध उत्पादक किसानलाई क्यान बितरण गर्नु भएको हो ।
कृषकहरूको लागि दूध क्यान वितरण कार्यक्रममा झौवा,बरेडवा,विर्तीका ४० जाना कृषकहरुलाई दूध क्यान नगरपालोकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताउनु भयो । उक्त अवसरमा स्थानीय दर्जनौं किसान,राजनीतिक दलका कार्यकर्ता तथा आईटी आर्मिका जिल्ला संयोजक नरेश साह तुरहाको समेत उपस्थिति रहेको मेयर कुश्वाहाका पिए महेश यादवले कटहरिया एफएम लाई जानकारी दिनु भयो ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।