सुनिल रजक काठमाडौं कार्तिक ११ गते: निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन सामग्री पठाउन सुरु गरेको छ। आयोगले दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाउन सुरु गरेको हो।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार सुदूरपश्चिम, कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालिएको हो।
अर्यालले अन्नपूर्णसँग भने, ‘हामीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन सामग्री पठाउने कार्य थाल्यौं। अब यो कार्य धमाधम जारी रहन्छ।’
आयोगले मतपेटिका, स्वस्तिक लगायतका निर्वाचन सामग्री ढुवानी सुरु गरेको हो।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।