सुनिल रजक काठमाडौं कार्तिक ११ गते: निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन सामग्री पठाउन सुरु गरेको छ। आयोगले दुर्गम क्षेत्रमा निर्वाचन सामग्री पठाउन सुरु गरेको हो।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार सुदूरपश्चिम, कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालिएको हो।
अर्यालले अन्नपूर्णसँग भने, ‘हामीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन सामग्री पठाउने कार्य थाल्यौं। अब यो कार्य धमाधम जारी रहन्छ।’
आयोगले मतपेटिका, स्वस्तिक लगायतका निर्वाचन सामग्री ढुवानी सुरु गरेको हो।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।