वीरगञ्ज। वीरगञ्जबाट प्रहरीले ठूलो मात्रामा लागुऔषधसहित एक जना युवक र उनको कार नियन्त्रणमा लिएको छ ।शुक्रबार साँझ पौने ९ बजेको समयमा वीरगञ्ज महानगर-१६ रजतजयन्ती चोकस्थित सडकबाट वडानम्बर १० का ३१ वर्षीय अनिल कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बीआर०वाई८२०१ नम्बरको कारसहित अनिललाई नियन्त्रणमा लिएको हो ।
चेकजाँचका क्रममा उक्त कारको सिटमुनि फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा लागुऔषध भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरीले कारबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट बरामद गरेको जनाएको छ ।
पक्राउ परेका अनिललाई लागुऔषध कसुरमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।