प्रदीप कुमार दास, रौतहट ।
असार १९ गते, आईतबार ।
रौतहट जिल्लाको गौरमा अवस्थित सिया पार्टी प्यालेसको सभा हलमा वर्ल्ड भिजन र निरन नेपालको संयूक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय अन्तरधार्मिक सञ्जालका अगुवाहरु र वर्ल्ड भिजनका प्रतिनधिहरु लगायत विभिन्न धर्मका अगुवाहरुको सहभागिता र अन्य क्षेत्रमा काम गर्दै आएका धर्मगुरुहरुले समाजमा विद्यमान रहेका सामाजिक विकृतिहरूलाई न्यूनिकरण समबन्धि गरिरहेका कार्यहरुलाई अनुगमन तथा मूल्याङ्कन कार्य सम्पन्न भएको छ । आज रौतहटको गौरमा एक समारोहका बिच वर्ल्ड भिजन नेपाल र निरन नेपालका अगुवाहरुद्धारा कार्यक्रम सञ्चालन गरिएको थियो , त्यस कार्यक्रममा वर्ल्ड भिजन नेपालको कार्यक्रमका क्षेत्रीय सल्लाहकार सिंगापुरबाट आउनु भएका डेसमण्ड लिम र वर्ल्ड भिजन नेपाल धर्म विकासका क्षेत्रीय निर्देशक अजित हाजराद्वारा विभिन्न मदरसा,विद्यालयहरू तथा क्लबहरुमा अनुगमन तथा मूल्याङ्कन कार्य सम्पन्न भएको हो । यस कार्यक्रमका अगुवहरुद्धारा गरिएका कार्यहरू प्रति संतुष्ट भएको र न्यूनीकरणमा सहयोग पुगेको मन्तव्य व्यक्त गर्नुभएको थियो । आउँदो दिनहरूमा यस कार्यक्रमका सहभागीहरुले यस्तै कार्य गर्दै जाने भएपछि केही न केही परिवर्तन हुने विश्वास व्यक्त गर्नुभएको थियो । साथै विभिन्न धर्मका अगुवा कार्यकर्ताहरु तथा धर्म गुरुहरू आफ्ना समाजमा विद्यमान रहेका विद्यमान समस्याहरू प्रति सचेत भई बाल विवाह, बाल श्रम,दाईजो प्रथा र महिला हिँसा विरुद्ध उठाएका कदमहरु प्रति खुशी भई धन्यबाद ज्ञापन गर्दै बधाई दिएका थिए । नेपालमा दलित ,मुसहर ,डोम,दुसाद र चमार समुदायमा शिक्षाको कमीले गर्दा बाल विवाह हुँदै आएको हुँदा विभिन्न समस्या झेल्नु परेको बारेमा धर्म गुरुहरु समाजमा सम्झाउँदै बुझाउँदै आएको र यसमा कमी आएको हुँदा विभिन्न धर्मका अगुवा तथा धर्म गुरुहरू खुशी भई निरन नेपाल र वर्ल्ड भिजन नेपाल प्रति बधाई दिएको थियो । रौतहट जिल्लाको निरन नेपालको जिल्ला अध्यक्ष अनिशुर रहमानले सबै धर्मका अगुवा तथा धर्म गुरुहरूलाई धन्यवाद दिएका थिए । त्यस्तै कार्यक्रममा मौलानाहरु ,पण्डितहरु र पास्टरहरु लगायत बौद्ध भिक्षु ब्राह्मणहरुले समाजमा हुँदै आएको बाल विवाह प्रति अति नै राम्रो भूमिका खेलेको पाइएको र मौलाना र पण्डितहरु बाल विवाह प्रति सचेत भई रोक्न सफल भएको कार्यक्रममा बताइएको हो र त्यस्ता परिवारमा विवाह हुन् न दिने पनि प्रतिबद्धता जनाएका थिए र केही समुदायमा सकारात्मक भूमिका खेलेको पनि दर्शाइएको थियो । वास्तवमा हाम्रो समाजलाई सुधार गरी विकास क्षेत्र तर्फ लगिने यस संस्थाहरु प्रति सबै गुरुहरू खुशी व्यक्त गरेका थिए । यस्ता कामहरु प्रति सन्तुष्टि जनाउँदै आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरु गरी समाजलाई सकारात्मक दिशा तर्फ डोर्याउने र सुधारमा ल्याउने वर्ल्ड भिजन नेपाल र निरन नेपालका वरिष्ठ प्रतिनिधिहरूले प्रतिबध्दता जनाएका हुन् भने कार्यक्रममा डब्लु भी आई का तेजेन्द्र बुढा,निरन नेपालका प्रशिक्षक नहिदा बनु , मधेश प्रदेशका कार्यक्रम अधिकृत आशिष थारु र शिलादीप अनलाइन खबर प्रालिका संस्थापक/अध्यक्ष तथा पत्रकार प्रदीप कुमार दास लगायत विभिन्न बाल क्लबका छात्र-छात्रा हरुको सहभागिता रहेको थियो ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।