rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहट सदरमुकाम गौरमा विहीवार अत्यधिक वर्षा

सिताराम साह // असार ०२ गते, रौतहट 

रौतहट सदरमुकाम गौरमा विहीवार अत्यधिक वर्षा भएको छ । शुक्रवार भएको वर्षाले गौर जलमग्न भएको छ । रौतहटको दक्षिणी क्षेत्रमा अत्यधिक ठूलो पानी परेको भए पनि गरुडामा भने एक थोपा पानी परेको छैन । विहीवार दिउँसो करिब साढे तिन बजेतिर रौतहटको दक्षिणी भागमा यस वर्षको सबैभन्दा ठूलो पानी परेको छ । गौरको सबै क्षेत्र जलमग्न भएको छ ।

अत्यधिक वर्षाले गौरका सबै सडकमा पानी भरिएपछि नगर प्रमुख शम्भु साहले निरीक्षण गरेका छन् । सडकभर पानी भरिएपछि नगर प्रमुख साहले सबै पक्षसित मिलेर निकास खोजिने बताएका छन् ।

विभिन्न विभाग तथा कार्यालयसित पहिलेदेखि नै समन्वय गर्न खोजेको बताउँदै नगर प्रमुख साहले नगरपालिकाले सम्भव भएसम्म पानीको निकास खोज्नको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।