सिताराम साह //चैत २८ गते, रौतहट
चुनावको समय नजदिक हुदै जादा जिल्लामा निर्वाचन केन्द्रित गतिविधिहरु बढन थालेको छ । दलहरु नाफा घाटाको हिसाब सहित व्यक्तिहरुलाई पार्टि भित्र भित्रियाउन थालेको हो ।
सोमवार गौरमा आयोजित एक कार्यक्रमका बीच कांग्रेस र नेकपा एमालेबाट निर्वाचित वार्ड अध्यक्षहरु लोसपामा प्रवेश गरेको छ । यो संगै गौर नगरपालिकामा लोसपा नेपाल थप बलियो बनेको हो ।
गौर नगरपालिकामा हाल लोसपाबाट निर्वाचित मेयर अजय गुप्ता निर्वाचित भएका थिए । उनि पुनः निर्वाचनमा उम्मेदवार बन्दै छन् । सोमवार गौरको रामजानकी धर्मशालामा आयोजित कार्यक्रमका बीच गौर नगरपालिका वार्ड नम्बर ४ बाट नेकपा एमाले बाट निर्वाचित वार्ड अध्यक्ष भुनेश्वर शाही र नेपालि कांग्रेसबाट निर्वाचित वार्ड नम्बर १ का वार्ड अध्यक्ष भारत प्रसाद साह लोसपामा प्रवेश गरेका हुन् ।
उनीहरुलाई लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले तिला लगाई पार्टि प्रवेश गराएका हुन् । उनि संगै सैकडोको संख्यामा बिभिन्न पार्टि परित्याग गरि नेता कार्यकर्ताहरु लोसपा नेपालमा प्रवेश गरेका हुन् । पार्टि प्रवेश कार्यक्रममा लोसपाका नेताहरु अनिल झा, बाबुलाल साह, केशव झा , अजय गुप्ता ,लिला साह लगायतका हरु रहेका थिए ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।