rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रेडियो कलैया द्वारा आयोजित होलि मिलन समारोह भव्यताको साथ सम्पन्न

चन्दन कुमार // चैत ०३ गते,बारा

बारा जिल्लाको कलैया स्थित रहेको रेडियो कलैया १०१.७ मेगाहर्ज द्वारा आयोजित होलि मिलन समारोह विभिन्न निकायका पद अधिकारी , बिज्ञापनदाता तथा स्रोता लगायत स्थानियहरुको उपस्थितिमा सु-सम्पन्न भएको छ।

 

जनताहरुको हकहितको लागि सदैव ताजा सुचना , समाचारहरु लगायत जनचेतना मुल्क सन्देश तथा कार्यक्रमहरु प्रसारण गर्दै आएको उक्त रेडियो विगतका दिनहरुमा पनि यस्तै निसवार्थ रुपले जनताहरुको सेवा , स्रोताहरुको मनोरञ्जन तथा शुभचिन्तकहरुको लागि विभिन्न कार्यक्रम प्रसारण गर्ने प्रतिबधता गरेको छ।

 

असत्य माथी सत्यको जित तथा दावन माथी मानवको जितको प्रतीक मानिने यस रंग गुलालको पर्व शुभ होलिको अवसरमा सर्वसाधारण जनता, स्थानिय तथा स्रोताहरुलाई होलिको शुभकामना दिदै उक्त होलि मिल्न मनाएको थियो।

 

आउने दिनमा अझै सकृय भई सम्पुर्ण स्थानिय सर्वसाधारण जनता , बिज्ञापनदाता तथा देश , बिदेशबाट सुनेर साथ तथा सहयोग गर्ने स्रोता मित्रहरुको हकहितको लागि काम गर्ने रेडियो कलैयाको प्रबन्धक मुकेश कुमार साहले बताएका छ्न।

 

यस्तै देश तथा बिदेशमा रहनु भएका सम्पुर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई रेडियो कलैयाको स्टेसन मैनेजर चन्दन प्रसाद पटेल व्यतिगत आफु तथा आफ्नो रेडियोका सम्पुर्ण परिवारको तर्फबाट हार्दिक मंगलयम शुभकामना व्यक्त गर्नुभएको छ।

 

यस होलिको पर्व जस्तै हरेक पल असत्य माथी सत्यको जित तथा दानव माथी मानवको जित होसन भन्ने उदेश्यका साथ कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्ती विशेष एक अर्का लाई बधाईका साथ शुभकामना व्यक्त गरेका थिए।