सिताराम साह // फागुन ३०गते,रौतहट
आज नेकपा (एमाले) माधव नारायण नगरपालिकाको प्रथम नगर एकता अधिवेशन हर्षोल्लास पूर्वक भव्यताकासाथ सु-सम्पन्न भएको छ । कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवम मधेस प्रदेसकै बिकास प्रेमी नेता पूर्वमन्त्री माननीय श्री प्रभु साह, केन्द्रीय सदस्य एवम रौतहट जिल्लाको इन्चार्ज उपेन्द्र प्रसाद साह ,केन्द्रिय सदस्य उधव रेग्मी , लेखाआयोगको केन्द्रीय सदस्य राज किशोर यादाव, मधेस प्रदेसको सहसचिव आर्ति भण्डारी , जिल्ला अध्यक्ष त्रिभुवन साह ,संविधानसभा सदस्य अबदुल कलाम अजाद र बवन सिहँ ,प्रदेस सदस्य अनिल कुमार मिश्र , जिल्ला उपाध्यक्ष दिपक यादव सचिव बालबिक्रम कार्की सहसचिव रूपेस पटेल र पलट चौधरी लगायत विभिन्न अगुवा कार्यकर्ता को उपस्थितीमा कार्यक्रम सुसम्पन्न भएको छ।
सो अवसरमा माधव नारायण नपा वडा नम्बर ३ का वडाअध्यक्ष राजकुमार यादव, रजवाडाका चर्चित नेता सिजय सिंह, यमुनामाई गापाका कांग्रेसका प्रभावशाली नेता योगेन्द्र मुखियासहित हजारौं नेता कार्यकर्ताले विभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।