सुनिल रजक बारा फाल्गुन २८ गते।
नेकपा एमाले बारा जिल्ला कमिटीले जिल्लाको आदर्श कोतवालको जयनगर चिउँटाहामा शनिबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै तराई/मधेसको विकास गर्न पर्याप्त इच्छाशक्ति हुनुपर्ने बताए । ‘नेकपा खल्तीमा मुद्रा बोक्ने पार्टी होइन । विकास गर्ने पार्टी हो, साझा पार्टी हो, गरिब र सबै समुदायको पार्टी हो ।’
मधेसका नेता हुँ भनेर मधेसका नेताहरुले जनता अल्मल्याएको उनले बताए । ‘जनतालाई भ्रममा पारे, त्यो क्रममा विकास हुन सकेन,’ उनले भने, ‘मधेसका नेताले खल्तीमा मुद्रा बोके ।’ओलीले च्युँटाहा माध्यमिक विद्यालय बनाएका स्थानीय रामचरित्र जयसवारको सालिकमा माल्यार्पण गर्दै आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारीसहितका जनप्रतिनिधि र अन्य पार्टी परित्याग गरेकाहरुलाई प्रवेश गराएर थिए ।
‘रामचरित्र जस्तै एमाले पार्टी हो, जसरी उहाँले आफ्नै गाउँका विद्यार्थी पढ्न गाउँमै ठूलो लगानीमा विद्यालय बनाए, त्यस्तै एमालेको सोंच र सिद्धान्त हो ।’ पूर्व–पश्चिम हुलाकी सडकसँगै टाँसिएर भएको कार्यक्रममाओलीले हुलाकी सडकको निर्माण कार्य आफू प्रधानमन्त्री भएको बेला आफ्नै देशको लगानीमा बनाएको बताए ।‘केही बनिसक्यो, केही बाँकी छ,’ उनले भने, ‘मधेसको विकास गर्न मधेसका नेताले गरेनन् ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू