rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

उपचार पछि गृहजिल्ला फर्किए नेता कन्थमणी जयसबाल

     सिताराम साह // फागुन २५ गते, रौतहट

लोकतान्त्रिक समाजबादी पार्टि (लोसपा) का नेता एवं समाजसेवी कन्थमणी प्रसाद जयसबाल उपचार पश्चात् गृह जिल्ला रौतहट फर्केका छ्न । 

 

बुधबार हस्पिटलबाट डिस्चार्ज भै हेलिकप्टरबाट लोकतान्त्रिक समाजबादी पार्टि (लोसपा) का नेता जयसवाल रौतहट फर्केका हुन । गरुडा सुगर मिलको प्राङ्गणमा हेलिकप्टर अवतरण भैसके पछि उहाका कार्यकर्ता तथा आफन्तहरुले उहालाइ स्वास्थ्य लाभको कामना गर्दै फुलमाला लगाएर भव्य स्वागत गरेका छन् ।

 

नेता जयसवालले आफ्नो स्वास्थ्य पुर्णरुपमा ठिक भएको बताउदै कार्यकर्ता र आफन्तहरुको माया सम्झिदै भक्कानिएका थिए । आफ्नो ज्यानमा सास रहेसम्म समाजसेवा र राजनीति नछोड्ने नेता जैसवालको भनाई रहेको छ ।

 

नेता जयसबाललाई ह्दयघात भएपछी गत फागुन १० गते उपचारको लागि नर्विक हस्पिटल काठमाडौ लगिएको उनका छोरा रवि जयसवालले विभिन्न अनलाईन जनकारी दिएका छ्न ।

 

आफू उपचारको क्रममा रहदा यहाका केही ब्यक्तिले मेरो बिषयमा नकारात्मक हल्ला गरेको प्रती मेरो ध्यानाकर्षण भएको नेता जयसवालको भनाइ रहेको छ । उनले हल्लाको पछि नलाग्न सम्पुर्णलाई आग्रह समेत गरेका छन् ।

 

नेता जयसबालले आफू सामाजिक कार्यमा सदैव अग्रसर रहने तथा जनताको लाई मरिमेट्ने समेत बताएका छन् ।