सिताराम साह // फागुन १७ गते, रौतहट
रौतहट जिल्लाको मौलापुर नगरपालिकाको मौलापुर पतौरास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा तेश्रो मधानी महोत्सवको आयोजना गरिएको छ ।
मौलापुरमा उत्खननको क्रममा एकहजार वर्ष पुरानो शिवमन्दिर तथा त्यस वरपर फेला परेको दरबार क्षेत्रमा मधानी महोत्सव लगाइएको हो ।
तिन वर्षअघि उत्खननको क्रममा मौलापुर नगरपालिका–५ पतौरामा धेरै पुरानो कर्नाटकालीन मन्दिरको रुपमा शिवको मन्दिर फेला परेको थियो ।
कर्नाटकालीन एवं पुरातात्विक मन्दिर फेला परेको अवसरमा रौतहट क्षेत्र नं ३ का पुर्व सांसद प्रभु साहको विशेष पहलमा मौलापुर नगरपालिकाले उक्त मन्दिरको प्राङ्गणमा प्रत्येक वर्ष मधानी महोत्सवको आयोजना गर्दै आएको छ ।
मौलापुर नगरपालिकाले महाशिवरात्रीको अवसरमा मंगलवार पतौरास्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा मधानी महोत्सवको आयोजना गरेको थियो ।
महोत्सवमा भव्य साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । महोत्सवमा आफना प्रस्तुती दिन नेपाल एवम् भारतका भोजपुरी सिनेमा जगतका लोकप्रिय कलाकारहरु सहभागी भएका छन ।
कार्यक्रममा भारतीय भोजपुरी सिनेमा क्षेत्रका चर्चित नायक तथा गायक खेसारीलाल यादव र नायिका रानी चटर्जीले साँस्कृतिक प्रस्तुती गरेका छन् । त्यस्तै नेपालका नायक राजेश हमाल, भोजपुरी गायक सुनिल पंडित, रचना शिवाकोटी लगाएतका कलाकारले आ आफना प्रस्तुती दिएका छन् ।
भारतीय भोजपुरी कलाकार खेसारीलाल यादव, नायीका रानी चटर्जी र नेपाली नायक राजेश हमालको सान्दार प्रस्तुती हेर्न रौतहट, बारा, पसर्ला, सर्लाही लगाएतका जिल्लाबाट लाखौंको संख्यामा दर्शकहरु महोत्सवमा आएका थिए ।
पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले मौलापुर नगरपालिकाले पतौरा स्थित पुरातात्विक महादेव मन्दिर प्राङ्गणमा प्रत्येक वर्ष ठुलो मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।
ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व झल्किने यो महोत्सव मधेश प्रदेश कै ठूलो महोत्सव हो ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।