रौतहट मिडिया सुनिल रजक महोत्तरी माघ २९ गते।
महोत्तरी जिल्लाको भंगहा नगरपालिका मेयर संजीवकुमार साहले सर्वोच्च अदालतमा दिएको निवेदन दरपिठ उपर मुद्दा दर्ता भएको छ ।केही दिन अगाडि अदालतका रेजिष्ट्रारले निवेदन बिना आधार प्रस्तुत गरेको भन्दै दर्ता गर्न अस्वीकार गरेका थिए ।त्यस पश्चात् मेयर साहले अदालत पुनः उक्त दरपिठ उपर मुद्दा दिएका हुन । सर्बोच्च अदालतले उक्त दरपीठको सुनुवाइ भने फागुन ४ गते तोकेको छ ।
के छ त मेयर साहको सरकारको निर्णय विरुद्ध निबेदन ?
स्थानीय तहको पाँच वर्षको कार्यकाल नपुग्दै नयाँ चुनाव गर्न नमिल्ने दाबी गरेर मेयर साहले सर्वोच्चमा निवेदन दिएका हुन। मधेस प्रदेशका स्थानीय तहमा २०७४ असोज २ मा निर्वाचन भएको थियो । त्यसको ५ वर्ष नपुग्दै सरकारले आगामी बैशाख ३० मा निर्वाचन गराउने घोषणा गरेपछि साहले त्यसविरुद्ध निवेदन दिएका हुन् ।
स्थानीय तह निर्वाचन ऐनले विभिन्न चरणमा निर्वाचन भएपनि पहिलो चरणको मितिलाई नै निर्वाचन मिति मानिने व्यवस्था गरेकाले सर्वोच्च अदालतले वैशाख ३० गते तोकिएको निर्वाचन असंवैधानिक नभएको भन्दै यस अघि निवेदन दरपिठ गरिदिएको थियो ।तर, मेयर साहले न्यायको लागि आफू पछि नहट्ने भन्दै दरपिठ उपर मुद्दा दिएका हुन ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।