सिताराम साह // मंसिर ०८,रौतहट
रौतहटको एक नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले छानबिन गरिएको छ । रौतहट जिल्लाको सदमुकाम तथा सबभन्दा पुरानो पालिका गौर नगरपालिकाको बिभिन्न योजनाहरुमा लापारवाहि गरेको भन्दै परेको उजुरीको अधारमा आयोगले महत्वपुर्ण कागजातहरु चेकजाँच गरेको छ । योजनाहरुमा परेको उजुरीको सम्बन्धमा कागजपत्र छानबिन गर्न आएको अख्तियार दुरुपयोग आयोग बर्दिवासको टोलिले झण्डै एक घन्टासम्म नगरपालिकामा रहि फाइलहरुको जाँच गरेको थियो । उजुरीको परेको योजनाहरु मध्येको गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना सम्बन्धी आयोगमा परेको उजुरीको अनुसन्धानका लागि टोलि गौर आएको थियो । उक्त योजनाहरु के कस्तो छ भनि राम्री छानबिन गरि कार्यवाहि हुने अख्तियार दुरुपयोग अनुस्धान बर्दिबास टोली जनाएको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।