जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा मौसमको खराबीको कारण सबै उडानहरु अहिले ठप्प भएको छ । जनकपुरधाममा मौसमा खराबी आएपछि विहान १० बजेसम्मको कुनै पनि उडान भर्ने सम्भावना न्यून रहेको मौसम विभाग जनकपुर शाखाका राजेन्द्र राउतले जानकारी दिए ।
उनका अनुसार, जनकपुरधाम विमानस्थलमा अहिले मात्र ५०० भिजिबिलीटि रहेकोले तत्कालै कुनै पनि विमान उडान भर्न नसक्ने भएको छ ।विमान उडान भर्नको लागि न्यून्तम १६०० भिजिबिलिटी हुनुपर्नेमा ८ बजेसम्म मात्र ५०० भिजिबिलिटी रहेकोले तत्कालै उडान भर्न नसक्ने जानकारी दिए ।
विगत ४ दिनदेखि तराई मधेशमा बाक्लो हुस्सु र शितलहरको कारण भिजिबिलिटी न्यून भएको छ । जसको कारण हवाई उडानहरु ढिलो भएको छ ।
जनकपुरमा विहान ८ः१५ बजेसम्मको मौसम अपडेट अनुसार मात्र ११ डिग्री सेल्सीयस तापक्रम रहेको छ । चिसो र शितलहरले यहाँका जनजीवन प्रभावित भएको छ ।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।