जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधाममा मौसमको खराबीको कारण सबै उडानहरु अहिले ठप्प भएको छ । जनकपुरधाममा मौसमा खराबी आएपछि विहान १० बजेसम्मको कुनै पनि उडान भर्ने सम्भावना न्यून रहेको मौसम विभाग जनकपुर शाखाका राजेन्द्र राउतले जानकारी दिए ।
उनका अनुसार, जनकपुरधाम विमानस्थलमा अहिले मात्र ५०० भिजिबिलीटि रहेकोले तत्कालै कुनै पनि विमान उडान भर्न नसक्ने भएको छ ।विमान उडान भर्नको लागि न्यून्तम १६०० भिजिबिलिटी हुनुपर्नेमा ८ बजेसम्म मात्र ५०० भिजिबिलिटी रहेकोले तत्कालै उडान भर्न नसक्ने जानकारी दिए ।
विगत ४ दिनदेखि तराई मधेशमा बाक्लो हुस्सु र शितलहरको कारण भिजिबिलिटी न्यून भएको छ । जसको कारण हवाई उडानहरु ढिलो भएको छ ।
जनकपुरमा विहान ८ः१५ बजेसम्मको मौसम अपडेट अनुसार मात्र ११ डिग्री सेल्सीयस तापक्रम रहेको छ । चिसो र शितलहरले यहाँका जनजीवन प्रभावित भएको छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू