Posts Grid

March 15, 2025

rautahat media

स्थानिय तहको पहिला मेडिया – रौतहट मेडिया

रौतहट जिल्लाको गौरमा जनमत पार्टीले विशाल प्रदर्शन

जितेन्द्र कुमार यादव // पौष ३० गते, रौतहट

विभिन्न ११ सूत्रीय माग राख्दै सीके राउत नेतृत्वको जनमत पार्टीले शुक्रवार रौतहट जिल्लाको सदरमुकाम गौरमा प्रदर्शन गरेको छ ।

 

प्रदर्शन कारीले किसान माथिको दमन बन्द गर, किसान र आन्दोलन कारी माथि लगाइएका झूटा मुद्दा फिर्ता गर, समयमा मलखाद र बीउबिजनको व्यवस्था गर, सिँचाइको व्यवस्था गर भन्दै सरकार विरूद्ध नाराबाजी गरेका छन् ।

 

पार्टीका कार्यकर्ता लाल बाबू राय यादवले सरकारले किसानको माग नसुनेको बताए । किसानका साना भन्दा साना मागहरू पनि सरकारले सम्बोधन गर्न नचाहेको उनले बताए ।

 

आफ्नै देशमा खेती गर्नका लागि पनि सरकारसँग मलबीउ माग्दै आन्दोलन गर्नुपर्ने बाध्यता रहेको उनले बताए । सरकार ठूला–ठूला भष्टाचारमा संलग्न रहेको बताउँदै आपसमा मिलेर सरकार चलाउने तर किसानलाई हेर्ने दृष्टिकोण सबै पार्टीहरूको गलत रहेको बताए ।

 

प्रदर्शन कारीले स्थानीय तहमा भएका चरम भ्रष्टाचारको छानबिन गरी दोषीलाई जेल चलान गर्नुपर्ने, किसानका लागि कृषि बीमा लागू गर्नुपर्ने लगायतका ११ सूत्रीय माग राखेका छन् ।

You may have missed