रौतहट मिडिया न्यूज डेस्क // पौष ३० गते
नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले महत्वपूर्ण सूचना जारी गरेको छ ।
परीक्षा बोर्डाले कक्षा १२ को पुनर्योगको नतिजा प्रकाशन सम्बन्धी सूचना प्रकाशित गरेको हो ।
बोर्डले भनेको छ, ‘राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरद्वारा २०७८ साल भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालित कक्षा १२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन पश्चात् पुनर्योगका लागि निवेदन दिएका निम्नानुसारका सिम्बोल नम्बर भएका परीक्षार्थीहरुको पुनर्योगको नतिजा राष्ट्रिय परीक्षा बोर्डको मिति २०७८/०९/२८ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ ।
परिवर्तित ग्रेडसिट÷मार्कसिट लिनका लागि नतिजा प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिन पश्चात् सक्कल ग्रेडसिट÷मार्कसिटसहित यस कार्यालयमा सम्पर्क गर्नुहुन जानकारी गराईन्छ ।
साथै नतिजा उपर चित्त नबुझी उत्तरपुस्तिका हेर्न चाहने परीक्षार्थीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र तोकिएको शुल्क ९प्रति विषय रु २,०००।–० बुझाई बोर्डका सम्बन्धित कार्यालय वा परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरमा निवेदन पेश गर्न सक्ने व्यहोरा समेत जानकारी गराईन्छ ।


More Stories
निर्वाचन प्रहरी रौतहट जिल्लाका चार स्थानबाट आवेदन
रौतहटमा पहिलो पटक अत्याधुनिक फेको मेसिन र टोपिकल सेवा सुरू
नि:शुल्क सिपमुलक तालिम सम्बन्धि जय किसान बहुप्राविधिक शिक्षालय धरहरी को एक जरुरी सूचना।