महेश सिंह // पौष ०७ गते, सिरहा
सप्तरीको सुरुङ्गा नगरपालिका १ शिशुवारीमा बृहत खेलको आयोजना गरेको छ। स्वास्थको लागी खेलकुद राष्ट्रियको लागी खेलकुद मुलनाराको साथ बृहत खेलको आयोजना गरेको छ।
सुरुङ्गा नगर स्तरीय बिधालय खेलकुद एवं राष्ट्रियपति रनिङ सिल्ड प्रतियोगिता संचालनमा रहेको छ।नगरपालिका भित्रका अधिकांन्स निजि तथा सरकारी बिधालयका विद्यार्थीहरुले उक्त खेलमा भागलिएरका छन्।
सुरुङ्गा नगरपालिकाका मेयर मुक्ति नाथ चौधरीले प्रमुख अतिथिको आसग्रहन गर्दै रिवन काटेर खेलको उद्घाटन गरेका थिए।बिशिस्ट अतिथिमा नगरपालिका उप-मेयर बिन्दा देबि पासमान, नगर शिक्षा अधिकारी हिला लाल राना,शिक्षा श्रोत ब्यक्ती भोगेन्द्र प्रसाद यादव,समाजिक बिकास समिति संयोजक देबेन्द्र प्रसाद चौधरी,सबल नेपालका परियोना अधिकृत राधेश्याम राम लगायतका अतिथिहरुको सह भागीता रहेको थियो।
प्रतियोगितामा खेलाईने खेलहरुमा भलिबल, रनिङ रिले,हाईजम्प, ज्यायलिन थे,म्युजिक चेयर ,कुर्सी दौड,भाडाे फुटाउने खेल लगायत दर्जनौं खेलको प्रतियोगिता रहेको आयोजकले जानकारी दिनु भयो। खेल पुष ३ गतेदेखि सुरु भएको थियो भने खेलको फाईनल भोलि समापन हुने आयोजकले जानकारी दिनु भयो। खेलमा प्रथम, दृतय र तृतीय हुनेलाई आयोजकको निर्णय अनुसार पुस्कार दिने अधिकारीक ब्यक्तीले जानकारी दिनु भयो।
More Stories
बौधिमाइ नगरपालिका अन्तरगत सरमुजवा स्थित बाबा बिश्वबन्धुनाथ मन्दिरको प्राङ्गणमा महाशिवरात्रीको शुभ अवसरमा दुई दिने कुस्ती (दङ्गल सुरु।
स्तरवृद्विकाे बाटाे खुलाईदिन मन्त्री तिवारीलाई स्वास्थ्यकर्मीकाे ध्यानाकर्षणपत्र
एच.पि.भि खोप सम्बन्धि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण।